श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो ।
कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गतेका लागी विशेष साधारण सभा डाकेको हो । सभा नक्सालमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बिहान १०.३० बजे आयोजना हुनेछ ।
सभामा सर्वसाधारणलाई जारी गर्ने भनि छुट्टाइएको सेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस