Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रियस्तरका विकास बैंकः कसको नाफा कति ?

अर्थ संसार

सोमबार, २१ साउन २०८१, १२ : ३८ मा प्रकाशित

राष्ट्रियस्तरका विकास बैंकः कसको नाफा कति ?

हाल संचालनमा रहेका राष्ट्रिय स्तरका आठ विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ५५ करोड ६८ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छन् ।  जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख ४८ हजार रुपैयाँ नाफा कमाएका थिए ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा पहिलाे नम्बरमा रहेको छ । बैंकले यसअवधिमा १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब २४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यसअवधिमा सर्वोधिक नाफा बढाउने कम्पनीमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो स्थानमा रहेको छ । बैंकले यसअवधिमा आफ्नो नाफा ९२.४७ प्रतिशतले बढाएर ५२ करोड ४ लाख रुपैयाँ पुराएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २७ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

साथै, यसअवधिमा नाफा सबैभन्दा धेरै हुने कम्पनीको दोस्रो नम्बरमा गरिमा विकास बैंकको १०.१६ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ, तेस्रो नम्बरमा रहेको शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकको ७.९९ प्रतिशतले घटेर ६९ करोड ७४ लाख रुपैयाँ, चौथो नम्बरमा रहेको लुम्बिनी विकास बैंकको २१.३२ प्रतिशतले बढेर ६० करोड ३७ लाख रुपैयाँ र पाँचौ नम्बरमा रहेको खकामना सेवा विकास बैंकको ६६.९३ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

यता, महालक्ष्मी विकास बैंकको २४.५२ प्रतिशतले बढेर ४७ करोड १ लाख रुपैयाँ र ज्योति विकास बैंकको १८.३३ प्रतिशतले घटेर २४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको