Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ जारी गर्ने प्रस्तावसहित भिजन इनर्जीले बोलायो साधारणसभा

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, ११ : ०८ मा प्रकाशित

आईपीओ जारी गर्ने प्रस्तावसहित भिजन इनर्जीले बोलायो साधारणसभा

भिजन इनर्जी एण्ड पावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ ल्याउने प्रस्तावसहित भदौ १४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा भर्चुअल माध्यमबाट बस्नेछ । 

सभाले प्रारम्भिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने र सोका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत र चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी गत आवको सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको निर्वाचनको टुंगो लगाउने काम पनि सभाले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको