लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४३ हजार २९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बैंकले गत असार १६ गते बिक्रीमा राखेको थियो ।
तर तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट सो सेयर खरीदका लागि आवेदन नपरेपछि बैंकले सर्वसाधारणले मात्रै खरीद गर्न पाउने गरी पुनः बिक्रीमा राखेको छ ।
उक्त सेयर खरीद गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन दिनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस