Like us!
Follow us!
Connect us!
Watch us!

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ

अर्थ संसार

बुधबार, २३ साउन २०८१, ०९ : ०० मा प्रकाशित

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ

बंगलादेशका पुर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ ।

उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ ।

यस अघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो ।

त्यस्तै शिक्षामन्त्री मोहिबुल हसन चौधरी र स्थानीय सरकारमन्त्री ताजुल इस्लामले भने देश छोड्न सफल भएको बताइएको छ । त्यस्तै पुर्व अर्थमन्त्री, खेलकुदमन्त्री र ढाकाका मेयरले समेत बंगलादेश छोडेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार कैयौं मन्त्री, सांसद र हसिनाका नजिकक राजनीतिक नेता कार्यकर्ताले बंगलादेश छोडेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको