Like us!
Follow us!
Connect us!
Watch us!

सांसदको अभिव्यक्तिले सेयर बजारमा २ खर्बकाे क्षति भएको भन्दै क्षतिकाे रकम असुल गराउन लगानीकर्ताकाे माग

अर्थ संसार

बुधबार, २३ साउन २०८१, १२ : ४९ मा प्रकाशित

सांसदको अभिव्यक्तिले सेयर बजारमा २ खर्बकाे क्षति भएको भन्दै  क्षतिकाे रकम असुल गराउन लगानीकर्ताकाे माग

जनताका प्रतिनिधित्व गर्ने सांसदहरुले संसदमा सेयर बजारको सम्बन्धमा दिएको अभिब्यक्ति प्रति सेयर बजारका लगानीकर्ताले खेद प्रकट गरेका छन । बुधबार चार सेयर लगानीकताहरु संघर संगठनले विज्ञप्ति जारी गर्दैै खेद प्रकट गरेका हुन् । उनीहरुले  पूँजी बजारमा संलग्न विभिन्न संस्थाहरुले सेयर बजारमा दवाव सिर्जना गर्ने अभिव्यक्ति तत्काल फिर्ता लिन माग गरेका छन्। 

सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुबाट आएको यस्ता अभिब्यक्तिबाट बजारको दुई खर्ब क्षति भएको आरोप छ । उक्त क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउने पर्ने उनीहरुको माग रहेको छ । सेयर लगानीकर्ताहरुले धितोपत्र बजारको दोस्रो बजारबाट २५ खर्ब रुपैयाँभन्दा बढी गुमाएको अवस्थामा कसैले आवाज नउठाएको बताएका छन् । 

'बजार ३२०० को विन्दूबाट १८०० को विन्दूसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रुपैयाँ गुमाइसकेको अवस्थामा कुनै पनि नियमन निकायबाट वा सांसदहरुबाट पुँजीबजारको विषयमा कुनै पनि आवाज उठेन, लगानीकर्ता तड्पिरहे । अहिले बजार केही करेक्सनको अवस्थामा चलिरहेको छ । यसैबीच कसैको प्रभावमा माननीय सांसद श्री प्रकाशशरण महत, श्री अमरेशकुमार सिंह, श्री राजन दहाल लगायत  अन्य सांसदहरुबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पूँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक छ ।'- विज्ञप्तिमा भनिएको छ ।  

‘देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पूँजीबजार पनि विस्तारै  बढदै जान्छ, लगानीकर्ताहरुले चाहेको कम्पनीमा लगानी गर्न पाउँछन्, सासंदहरुले जुन खालका अभिव्यक्तिहरु दिएका छन् त्यो फिर्ता लिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले सांसदहरुको अभिव्यक्तिले २ खर्बभन्दा बढी लगानी क्षति हुन गएको भन्दै उनीहरुबाटै क्षतिपूर्ति भराउन व्यवस्था गर्न समेत माग गरेका छन् ।   पूँजीबजारको विषयमा सांसदहरुबाट व्यक्त हुने गलत अभिव्यक्ति अन्त्य नभए त्यसको प्रतिकार गर्ने चेतावनी दिंदै ती संगठनले सबै लगानीकर्ताहरुलाई त्यस्ता गलत प्रवृतिविरुद्ध एकजुट भई उठ्न समेत आह्वान गरेका छन् ।  

सोमबार प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सासंद अमरेश कुमार सिंह र नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री प्रकाशशरण महतले शेयर बजार अस्वभाविक बढेको भन्दै प्रश्न उठाएका थिए ।

66b31ed4d65af.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको