Like us!
Follow us!
Connect us!
Watch us!

लोकप्रियता कमाउन ‘स्टन्ट’को सहारामा रास्वपा

अर्थ संसार

बुधबार, २३ साउन २०८१, १३ : ०९ मा प्रकाशित

लोकप्रियता कमाउन ‘स्टन्ट’को सहारामा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु सार्वजनिक बसमा यात्रा गरेका तस्विर र भिडियोहरु अहिले सामाजिक सञ्जालमा यत्रतत्र छरिएका छन् । जनताले भोग्नुपरेको सास्ती बुझ्नका लागि भन्दै पार्टीका नेताहरु पाँच दिनसम्म सार्वजनिक यातायात चढ्ने बताइरहेका छन् । 

खासगरी जनताको समस्या बुझेर संसदमा आवाज उठाउनका लागि उनीहरुले सार्वजनिक सवारीसाधनको यात्रा अभियान चलाएको बताएका छन् । यही अभियानबाट प्राप्त अनुभवका आधारमा प्रतिवेदन तयार गर्ने र संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने तयारी रहेको रास्वपा नेताहरुको भनाई छ । 

तर,सस्तो लोकप्रियताका लागि ‘स्टन्ट’ गरेको आरोप उनीहरुमाथि लागिरहेको छ । प्रतिपक्षमा गएपछि नौटंकी गरेको भनेर समेत टिप्पणी गरिरहेका छन् ।  रास्वपा सभापति लामिछाने यस्पटक मात्रै होइन डेढ वर्षअघि पनि चितवनमा सार्वजनिक बस चढेको भिडियो भाइरल नै भएको थियो । उक्त भिडियोबारे पनि स्टन्ट गरेको भनेर निकै आलोचना भएको थियो । 

रास्वपा सत्तामा रहँदा पनि विवादमा फसिरह्यो । गृहमा रहँदासहकारी अपचलन मुद्दामा आफैँ आरोपित व्यक्ति, सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेर ल्याउने प्रतिबद्धता,महिला ट्राफिक प्रहरीलाई महिनावारी हुँदा सहजता मिलाउने घोषणा, यी सबै एकपछि अर्को गतिविधिले रास्वपामा सस्तो लोकप्रियताको होडबाजीमात्रै देखिएको धेरैको बुझाइ छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको