Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तम सिमेन्ट २५.५४ लाख कित्ताको सेयरको ‘लक इन’ अवधि सकिँदै

अर्थ संसार

विहीबार, २४ साउन २०८१, ०८ : ०३ मा प्रकाशित

सर्वाेत्तम सिमेन्ट २५.५४ लाख कित्ताको सेयरको ‘लक इन’ अवधि सकिँदै

बजारमा सर्वाेत्तम सिमेन्ट लिमिटेडको २५ लाख ५४ हजार २२७ कित्ताको सेयरको ‘लक इन’ अवधि सकिने भएको छ। कम्पनीको सेयर रजिस्ट्रारले एक सूचना जारी गर्दै भदौ २५ गतेपछि यी कित्ता सेयरबजारमा कारोबार हुने भएको हो।

सर्वोत्तम सिमेन्ट लिमिटेडको जारी पूँजी चार अर्ब पैसठ्ठी करोड रहेको छ। जस मध्ये १२.९०३३ प्रतिशतले हुन आउने कूल ६० लाख कित्ता साधारण सेयर मध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरिएको थियो। तेस्तै सर्वसाधारणका लागि निष्काशन गर्न छुट्टयाईएको सेयर मध्येको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड  गरिएको थियो।  
 
कम्पनीको हाल संस्थागततर्फको २४ लाख कित्ता र सामूहिक लगानी कोषतर्फको १ लाख ५४ हजार २२७ कित्ता गरि जम्मा २५,५४,२२७ कित्ता सेयर लक इनमा छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछ्यात सेयर बाँडफाँडको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने व्यवस्था छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको