Like us!
Follow us!
Connect us!
Watch us!

बिक्री खर्चले नाफा शून्य, सर्वोत्तम सिमेन्ट गम्भीर आर्थिक दबाबमा

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, ०७ : २९ मा प्रकाशित

बिक्री खर्चले नाफा शून्य, सर्वोत्तम सिमेन्ट गम्भीर आर्थिक दबाबमा

देशको प्रमुख सिमेन्ट उत्पादक कम्पनी सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख रुपैयाँ घाटा बेहोरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बिक्री आम्दानीमा पनि उल्लेखनीय गिरावट आएको छ। चालु त्रैमासमा कम्पनीको बिक्री आम्दानी १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षको तुलनामा ७७.१६ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले ६ अर्ब ३७ करोड २३ लाख रुपैयाँको बिक्री गरेको थियो।

वित्तीय विवरण अनुसार कम्पनीको बिक्री खर्च १ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ रहेको छ भने अन्य आम्दानी ८८ लाख ४१ हजार रुपैयाँ मात्र छ।

४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यो रकम ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ थियो।

लगानीकर्ताहरूका लागि चिन्ताजनक कुरा के छ भने कम्पनीको वार्षिकीकृत प्रति सेयर आम्दानी (ईपीएस) १.९४ रुपैयाँले ऋणात्मक रहेको छ। तर, प्रति सेयर नेटवर्थ भने १९८.३३ रुपैयाँ कायम छ।

बजार विश्लेषकहरूका अनुसार निर्माण क्षेत्रमा देखिएको मन्दी र बढ्दो उत्पादन लागतले कम्पनीको नाफामा प्रत्यक्ष असर परेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको