Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको नाफा ५७२ प्रतिशतले उकालो

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, ०८ : ०७ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको नाफा ५७२ प्रतिशतले उकालो

सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षमा उल्लेखनीय वित्तीय उपलब्धि हासिल गरेको छ। कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीले १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा जम्मा १४ करोड ९३ लाख रुपैयाँ मात्र नाफा गरेको कम्पनीले यसपटक ५७२.५२ प्रतिशत वृद्धि गरेको हो।

आम्दानीमा ठूલો फड्को

कम्पनीको प्रमुख आम्दानी सिमेन्ट बिक्रीबाट आएको हो। अघिल्लो वर्ष ६ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले यसपटक ४९.८७ प्रतिशतले बढाउँदै ९ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको छ। साथै, अन्य स्रोतबाटको आम्दानी पनि ५ करोड ९ लाख रुपैयाँबाट २१८ प्रतिशत बढेर १६ करोड १९ लाख रुपैयाँ पुगेको छ।

कुल नाफा र खर्च

आम्दानी बढेसँगै कम्पनीको कुल नाफा ७ करोड ५५ लाख रुपैयाँबाट १७३ प्रतिशत बढेर २ अर्ब ६ करोड २३ लाख रुपैयाँ पुगेको छ। यद्यपि, खर्च पनि बढेको छ। अघिल्लो वर्ष ६१ करोड ४१ लाख रुपैयाँ खर्च भएकोमा गत वर्ष यो रकम ५४.३८ प्रतिशतले बढेर ९४ करोड ८१ लाख रुपैयाँ पुगेको विवरणले देखाउँछ।

पूँजी र इक्विटी

सर्वोत्तम सिमेन्टको चुक्ता पूँजी अघिल्लो वर्षको ४ अर्ब ६५ करोड रुपैयाँबाट ७ प्रतिशत वृद्धि हुँदै ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको अन्य इक्विटी ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ।

प्रतिशेयर आम्दानी र नेटवर्थ

नाफा वृद्धिले कम्पनीको प्रतिशेयर आम्दानी (EPS) मा उल्लेखनीय सुधार आएको छ। अघिल्लो वर्ष ३.२१ रुपैयाँ EPS कायम भएकोमा गत वर्ष बढेर २०.१९ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ पनि १९८.८२ रुपैयाँबाट बढेर २०२ रुपैयाँ मा पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको