Like us!
Follow us!
Connect us!
Watch us!

मैले सेयर बजार बढ्न हुँदैन भनेको छैनः पूर्वअर्थमन्त्री महत

अर्थ संसार

विहीबार, २४ साउन २०८१, २२ : ३६ मा प्रकाशित

मैले सेयर बजार बढ्न हुँदैन भनेको छैनः पूर्वअर्थमन्त्री महत

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा नराखेको बताएका छन् । आज भएको प्रतिनिधिसभा अन्तगर्तको अर्थ समितिको बैठकमा बोल्दै डा.महतले यस्तो बताएका हुन् । 

उनले सेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफूविरुद्ध स्टेटमेन्ट नै जारी भएको बताए। महतले आफूले सेयर बजार बढ्यो, बढ्नु हुँदैन नभनेको बताए । संसदमा कुनै कम्पनी संस्थाको पक्ष वा विपक्षमा नभई आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गरेको उनले बताए । पूर्वअर्थमन्त्री महतले केही कम्पनीहरूको सेयर अस्वाभाविक बढेकाले यसको वास्तविकता के हो र कम्पनीको वित्तीय स्थिति के छ भन्ने हेरेर लगानी गर्न आवश्यक रहेको बताए ।

डा.महत आफू बजारमा हुने भित्रि कारोबार (इन्साइडर ट्रेडिङ)को विषयमा मात्रै बोलेको बताए । आफू अर्थमन्त्री भएका बेलामा धितोपत्र बोर्डले नेप्सेमा भित्रका सूचना लिएर (इन्साइडर ट्रेडिङ) हुने गरेको बोर्डले जानकारी दिएको उनको भनाई छ  । उनले नेप्सेमा लिष्टेड भएका कम्पनीका मान्छे नेप्सेको कर्मचारी रहेको उनीहरूसँगकै सूचनाका आधारमा बजारमा इन्साइडर ट्रेडिङ कारोबार हुने गरेको धितोपत्र बोर्डकै अध्ययनबाट देखिएको बताए । 

धितोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएकाले देखाएकाले नियमक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने बताए । उनले यस्तो कारोबारमा बोर्डले हस्तक्षेप र निगरानी गर्न जरुरी रहेको बताए । डा.महतले आफू अर्थमन्त्री भएको समयमा यस्तो थाहा पाएको र छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न बोर्डलाई आग्रह गरे । उनले सेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत भएको बताए । उनले पुँजी बजारले अर्थतन्त्र धान्नु भन्दा पनि कतैकतै चलखेल हुने गरेको बताए । उनले अहिले बनेको सरकारका कारण पनि बजार बढेको भन्दै यसलाई स्थायी बनाइराख्न चुनौतीपूर्ण रहेको बताए । महतले बोर्डमा स्थायी अध्यक्ष बन्ने प्रक्रिया अघि बढे पनि अहिले रोकिनु राम्रो नभएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको