Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लघुवित्तको नाफा ५७% बढ्यो प्रतिसेयर आम्दानी कति?

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, ११ : ५४ मा प्रकाशित

नेशनल लघुवित्तको नाफा ५७% बढ्यो प्रतिसेयर आम्दानी कति?

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५७.८९ प्रतिशतले  बढेको छ ।

खुद नाफा

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ३४ करोड ९ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५७.८९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २१ करोड ५९ लाख ३१ हजार रुपैयाँ नाफा गरेको थियो ।

खुद ब्याज आम्दानी

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ७५.५६ प्रतिशतले बढेर १ अर्ब १५ करोड ८६ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । जुन अघिल्लो वर्ष ६५ करोड ९९ लाख ७८ हजार रुपैयाँ थियो ।

इम्पेयरमेन्ट र्चज

गत वर्ष कम्पनीको इम्पेयरमेन्ट र्चज ८७ लाख ५० हजार रुपैयाँबाट बढेर २२ करोड ७५ लाख ४२ हजार रुपैयाँ पुगको छ ।

सञ्चालन नाफा

गत असारसम्म कम्पनीले ४७ करोड १६ लाख ६१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन अघिल्लो वर्षको ३१ करोड ५ लाख ८३ हजार रुपैयाँको तुलनामा ५१.८९ प्रतिशत धेरै हो ।

खुद सञ्चालन आम्दानी

समीक्षा अवधिमा  कम्पनीको खुद सञ्चालन आम्दानी ६०.५० प्रतिशतले बढेर १ अर्ब १८ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ७४ करोड ८ लाख ९६ हजार रुपैयाँ मात्रै थियो ।

वितरणयोग्य नाफा

कम्पनीको वितरणयोग्य नाफा भने ७.५१ प्रतिशतले घटेर २८ करोड ११ लाख १२ हजार रुपैयाँमा झरेको छ ।

प्रतिसेयर आम्दानी

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९२ पैसाबाट बढेर २९ रुपैयाँ २५ पैसा पुगेको छ । 

खराब कर्जा

गत असारसम्म  कम्पनीको खराब कर्जा ०.२८ प्रतिशतले घटेर ३.२५ प्रतिशतमा झरेको छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिशेयर नेटवर्थ २४५ रुपैयाँ ९ पैसा छ ।

चुक्ता पूँजी/जगेडा कोष

चुक्ता पूँजी १ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ४१ करोड ९३ लाख ५७ हजार रुपैयाँ छ ।

निक्षेप संकलन/कर्जा प्रवाह

कम्पनीको गत वर्ष ग्राहकमा प्रवाह गर्ने कर्जा २३.१८ प्रतिशते बढेर २० अर्ब ६३ करोड ७४ लाख ७१ हजार रुपैयाँ पुगको छ भने निक्षेप संकलन १५.९४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ५१ लाख ३३ हजार रुपैयाँ पुगको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको