Like us!
Follow us!
Connect us!
Watch us!

आम्दानी घट्दा बढ्यो एशियन हाइड्रोपावरको नोक्सानी,खस्किए अधिकांश सूचक

अर्थ संसार

आइतबार, २७ साउन २०८१, ११ : १३ मा प्रकाशित

आम्दानी घट्दा बढ्यो एशियन हाइड्रोपावरको नोक्सानी,खस्किए अधिकांश सूचक

एशियन हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अुनसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।विववरण अुनसार कम्पनीका अधिकांश सुचक ओरालो लागेको हो ।

खुद नोक्सानी

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ४ करोड २२ लाख रुपैयाँ घाटामा थियो ।

आम्दानी

गत वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड ८७ लाखबाट घटेर १३ करोड ५ लाख रुपैयाँ कायम भएको छ । साथै, वित्तीय खर्च १० करोड ८२ लाख रुपैयाँ रहेको छ ।

चुक्तापूँजी/जगेडा कोष

असार मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी ३४ करोड रुपैयाँ र जगेडा कोष १ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

प्रतिसेयर आम्दानी

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको 

प्रतिसेयर नेटवर्थ

प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ९५ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको