Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १२ : २७ मा प्रकाशित

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी आभा खत्रीको नामको  ४६ हजार कित्ता संस्थापक  सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले यसअघि उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको थियो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट खरीद आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी फेरि बिक्रीमा राखिएको हो ।

बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५०० रुपैयाँ कायम गरीएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको