Like us!
Follow us!
Connect us!
Watch us!

सुमेरु सहकारीका राजबहादुर सिंहसँग संसदीय विशेष समितिले लियो बयान

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १६ : ४४ मा प्रकाशित

सुमेरु सहकारीका राजबहादुर सिंहसँग संसदीय विशेष समितिले लियो बयान

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयरसदस्य राजबहादुर सिंहसँग बयान लिएको छ ।

समिति सभापति सूर्य थापाका अनुसार सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएका छन् ।

यही लक्ष्य अनुसार सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको सिंहले जानकारी गराएका छन् । राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं हुन् । बयानका क्रममा उनले आफूले पहिलो पटक यस्तो बयान दिएको पनि बताएका थिए ।  

सहकारीमा बचत रकम दुरुपयोगको घटनाको विस्तृत छानबिनका लागि गठन गरिएको ७ सदस्यीय संसदीय छानबिन विशेष समितिले सहकारी संस्थामा भएको अनियमितताको सत्य तथ्य पत्ता लगाउन सिंहसहित अन्य सम्बन्धित व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको