Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीले लाभांस पाउने गरि नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा

अर्थ संसार

मंगलबार, २९ जेठ २०८१, १० : ०४ मा प्रकाशित

सेयरधनीले लाभांस पाउने गरि नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै पटक दुई आर्थिक वर्षको साधारण सभा आवहान गरेको छ । कम्पनीले आफ्नो २३ औं र २४ औं वार्षिक साधारण सभा बोलाएको हो। 
  
कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले असार १८ गते मंगलबारका दिन वीरगंजमा रहेको होटल भिष्वामा बिहान ९ बजे सभा बोलाउने निर्णय गरेको हो। 

कम्पनी साधारण सभामा आर्थिक वर्ष  २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तय गरेको छ । 

तेस्तै, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित गरिने सूचनामा उल्लेख छ।  

यसैगरी सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०७८।७९ र आव २०७९।८० को वार्षिक कार्यप्रगति प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८।७९ र आव २०७९।८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणउपर छलफल गरी सभामा स्वीकृत गरिनेछ।

सभाले सञ्चालक समितिको अनुरोधमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त स्वीकृतिअनुरूप आव २०७९।८० का लागि लेखापरीक्षक एसएआर एसोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्नेछ । सभाबाटै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरिनेछ।

कम्पनीले असार ४ गतेलाई  बुक क्लोज गर्ने निर्णय गरेको छ। आर्थत असार ३ गतेसम्म कायम सेयरधनीहरु मात्रै  कम्पनीले घोषणा गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको