Like us!
Follow us!
Connect us!
Watch us!

समानुपातिकमा नेपाली काँग्रेस पहिलो पार्टी

बुधबार, २७ मंसिर २०७४, १४ : २६ मा प्रकाशित

समानुपातिकमा नेपाली काँग्रेस पहिलो पार्टी

अर्थ संसार, दाङ– प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा बढी मत प्राप्त भएको छ ।

तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको काँग्रेस क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा विजयी हुनुका साथै समानुपातिकतर्फ जिल्लामा पहिलो पार्टी भएको छ ।

मंगलबार राति सकिएको मत गणनाको परिणामअनुसार प्रतिनिधिसभातर्फ दाङमा नेपाली काँग्रेसलाई ७३ हजार ९९३ मत प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजय कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोस्रोमा रहेको नेकपा (एमाले) ले ७३ हजार ११ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ४३ हजार १९५ मत मात्रै प्राप्त भएको प्रमुख कार्कीले बताउनुभयो ।

त्यस्तै, प्रदेशसभा सदस्यमा काँग्रेसले ६९ हजार ६५, एमालेले ६५ हजार १६७ र माओवादी केन्द्रले ४६ हजार ८१७ मत प्राप्त गरेका छन् । जिल्लामा समानुपातिकतर्फ ९।५९ प्रतिशत मत बदर भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको