Like us!
Follow us!
Connect us!
Watch us!

यी चार पार्टी मात्रै राष्ट्रिय दल बन्ने, अन्यको मत खेर जाँदै

बुधबार, २७ मंसिर २०७४, १५ : १९ मा प्रकाशित

यी चार पार्टी मात्रै राष्ट्रिय दल बन्ने, अन्यको मत खेर जाँदै

अर्थ संसार, काठमाडौँ, निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मतपरिणामअनुसार चार वटा राजनीतिक दल मात्रै राष्ट्रिय पार्टि बन्ने भएका छन् ।

आयोगले सार्वजनिक गरेको हालसम्मको मतमा नेकपा(एमाले) पहिलो पार्टीको रुपमा रहेको छ । सो पार्टीले हालसम्म २१ लाख ९३९ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले हालसम्म २० लाख १८ हजार ४४५ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले हालसम्म आठ लाख ७ हजार ७२३ मत प्राप्त गरेको छ । संघीय समाजवादी फोरमले दुई लाख ६९ हजार १९५ मत प्राप्त गरेको छ ।

राष्ट्रिय हुन संघर्षरत राजपाले हालसम्म दुई लाख नौ हजार ४४४ मत प्राप्त गरेको छ । अन्य पार्टीले हालसमम ६ लाख २० हजार २८० मत प्राप्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको