Like us!
Follow us!
Connect us!
Watch us!

१२६.८७ % ले बढ्यो शिखर इन्स्योरेन्सको खुद नाफा, यस्ता छन् अन्य सूचकहरू

अर्थ संसार

बुधबार, ३० साउन २०८१, ११ : १३ मा प्रकाशित

१२६.८७ % ले बढ्यो  शिखर इन्स्योरेन्सको खुद नाफा, यस्ता छन् अन्य सूचकहरू

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा

शिखर इन्स्योरेन्स कम्पनीको खुद नाफा १२६.८७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्सले २२ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो ।

खुद बिमा शुल्क आम्दानी

असारसम्ममा कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि १३.३२ प्रतिशतले बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

 कुल आम्दानी

इन्स्योरेन्सको कुल आम्दानी ४.०६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

खुद दाबी भुक्तानी

समीक्षा अवधिमा इन्स्योरेन्सको इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.८२ प्रतिशतले घटेर ९४ करोड ९७ लाखमा सीमित भएको छ।

कुल खर्च

इन्स्योरेन्सको कुल खर्च ४.७४ प्रतिशत घटेर १ अर्ब ८६ करोड ९१ लाखमा सीमित भएको छ ।

प्रतिसेयर आम्दानी

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ३२ पैसा पुगेको छ

प्रतिसेयर नेटवर्थ

इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेको छ । 

चुक्ता पूँजी/ जगेडा

चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको जगेडामा १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

रिटेन्ड अर्निङ्ग/महाविपत्ती कोष

रिटेन्ड अर्निङ्गमा ३१ करोड ५१ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ रहेको छ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको