Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगमन्त्री भण्डारीसँग अष्ट्रेलियाली राजदूत भोल्कको बिदाइ भेट

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १३ : ५१ मा प्रकाशित

उद्योगमन्त्री भण्डारीसँग अष्ट्रेलियाली राजदूत भोल्कको बिदाइ भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गरेकी छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपालका लागि अष्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकाेमा मन्त्री भण्डारीले राजदूत भोल्कलाई बधाई ज्ञापन गरे । नयाँ आउने राजदूतले आगामी दिनमा समेत नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध थप विस्तार गर्ने उनले विश्वास व्यक्त गरे ।

अष्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली समुदायलाई अष्ट्रेलियामा उपलब्ध सहयोगका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले अष्ट्रेलियाबाट नेपालमा पर्यटक आगमनसमेत उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटकको सङ्ख्या थप वृद्धि हुने विश्वास व्यक्त गरे ।लगानीको दृष्टिकोणबाट समेत अष्टेलिया प्रमुख मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपालमा सूचना प्रविधि, जलविद्युत्, कृषिमा आधारित उद्योगजस्ता क्षेत्रमा लगानीको प्रशस्त अवसर तथा सम्भावना रहेकाले लगानीको पहलका लागि राजदूत भोल्कसमक्ष आग्रह गरे ।

सो अवसरमा राजदूत भोल्कले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन तथा शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गरिन् । साथै उनले नेपालमा आयोजना गरिएको व्यापार तथा लगानी प्रवद्र्धन समितिको पहिलो बैठक दुई मुलुकबीचको लगानी तथा व्यापार अभिवृद्धि गर्न महत्वपूर्ण हुने अपेक्षा राखिन् । राजदूत भोल्कले अष्ट्रेलियामा रहँदासमेत नेपाल र नेपालीको हकहितको विषयमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन् । भेटघाटका अवसरमा मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीलगायत मन्त्रालयका अन्य पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको