Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुँदैन : मन्त्री भण्डारी

अर्थ संसार

सोमबार, २६ फागुन २०८१, १६ : २८ मा प्रकाशित

पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुँदैन : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व पाँच प्रतिशतमा घटेको बताए ।

उनले उद्योगमा लगानी गर्न कठिन र जोखिम भएको भन्दै हिजोका दिनमा नेपालको ब्राण्डको रुपमा स्थापित पस्मिना, गार्मेन्ट, गलैँचा लगायतका उद्योगहरू बन्द भएको बताए । छिमेकी मुलुकले लगानी गरेका जुट मिललगायतका संस्थाहरू धराशायी हुनुको कारण खोज्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जबसम्म नेपालको पुँजी बजार चलायमान हुँदैन तबसम्म नेपालको श्रम शक्तिलाई व्यवस्थित गर्न सकिँदैन । यसैले पहिलो कुरा नेपालको पुँजी बजारमा निजी क्षेत्रको जुन आज उपस्थिति छ  त्यो उद्योगसँग व्यापारसँग ट्रेडसँग जोडिएका सन्दर्भहरु छन् । आजको व्यापार असन्तुलनको पनि चर्चा भयो । हाम्रो व्यापार बढाउन सकेनौँ भने, उत्पादक उत्पादकत्व वृद्धि हुन सकेन ।हामीले वस्तुहरू आयात गरी रहेका छौँ । हाम्रो सम्भावनाको क्षेत्र कृषिमा आधारित अर्थतन्त्र आज नेपालमा उद्योगको जिडिपीमा हिजो १३ प्रतिशतको योगदान थियो भने आज त्यो घटेर पाँच प्रतिशतमा आएको छ ।'

मन्त्री भण्डारीले उद्योग र उद्यमशीलताका बारेमा सरकारले गरेको नीतिगत सुधारले आशा जगाएको बताए । उनले रोजगारी ग्यारेन्टी गर्ने तथा उद्यम र उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने बताए । मन्त्री भण्डारीले नेपालको पुँजी बजार, श्रम बजारसँगको नेपालको उत्पादन र नेपालको रोजगारीलाई जोड्नसके आन्तरिक रोजगारीका प्रश्नलाई समाधान गर्न सकिने बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको