Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, २० : ४८ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा २ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएका छन। मंगलबार नेप्सेमा  एचआईडिसिएल र विजय लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । जसमध्य एचआईडिसिएलको ३६ लाख ८३ हजार ९७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट  १.५ प्रतिशत बोनस सेयर दिएको थियो ।

यता, विजय लघुवित्तले १७ लाख ५८ हजार ७१५.२८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट  ४.७५ प्रतिशत बोनस सेयर दिएको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको