Like us!
Follow us!
Connect us!
Watch us!

सेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ, दुई मुद्दामा ६ वर्ष जेल र २२ करोड बढी जरिवाना

अर्थ संसार

सोमबार, ०२ चैत्र २०८२, १३ : १७ मा प्रकाशित

सेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ, दुई मुद्दामा ६ वर्ष जेल र २२ करोड बढी जरिवाना

नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई आइतबार काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–५ सितापाईलाबाट पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२४ बटुका हाल नागार्जुन–५, सीतापाइला बस्ने ६९ वर्षीय श्रेष्ठलाई राष्ट्र बैंकको जाहेरीका आधारमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । सर्वोच्च अदालतले २०८१ भदौ ५ गते फैसला गर्दै दुईवटा मुद्दामा दोषी ठहर गरेको थियो ।

उनलाई एउटा मुद्दामा १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएको छ । यस्तै अर्को मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ जरिवाना र ३ वर्ष कैदसहित २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय सुनाइएको छ । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ ।
 

69b7b27f21dcf.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको