Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको ८ लाख ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०२ चैत्र २०८२, ०९ : १६ मा प्रकाशित

हिमालयन बैंकको ८ लाख ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंक लिमिटेडको संस्थापक समूहअन्तर्गतको ८ लाखभन्दा बढी कित्ता सेयर बिक्रीका लागि सार्वजनिक गरिएको छ।

बैंकले उपलब्ध गराएको जानकारी अनुसार संस्थापक समूहको ८ लाख ३८ हजार १४९ दशमलव ६३ कित्ता सेयर बिक्रीमा राखिएको हो।

उक्त सेयरमा प्रारम्भिक चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यसका लागि बैंकले इच्छुक संस्थापक सेयरधनीलाई ३५ दिनको समय प्रदान गरेको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले तोकिएको अवधिभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानुन विभागमा निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार निर्धारित समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको