राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) को महामन्त्रीबाट निष्कासित डा. मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणको आशय साधारण सदस्यबाटै हटाउनेगरीको छ ।
चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टीबाट निष्कासन गर्ने तयारीस्वरुप पत्र पठाइएको छ ।
‘पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ ।
मुकुललाई पार्टीले महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट मुक्त गर्दा पुनरावेदन गर्ने समय दिएकोमा पुनरावेदन नगरी संचारमाध्यममा पार्टीहित विरुद्ध बोलेको आरोप लगाइएको छ । स्पष्टीकरण पत्रमा पार्टीलाई समाप्त पार्ने षडयन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरुसँग भेटेको सूचना प्राप्त भएको पनि उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस