Like us!
Follow us!
Connect us!
Watch us!

पार्टी एकता बारे यस्तो लेखे एमालेका पूर्व नेता श्रेष्ठले

बुधबार, २७ मंसिर २०७४, १६ : १३ मा प्रकाशित

पार्टी एकता बारे यस्तो लेखे एमालेका पूर्व नेता श्रेष्ठले

अर्थ संसार, काठमाडौँ – देशव्यापी रुपमा वामगठबन्धनले दुई तिहाइको हाराहारीमा मत प्राप्त गरेपछि एमाले तथा माओवादी केन्द्रका समेत पूर्व नेता रहेका रविन्द्र श्रेष्ठले पार्टी नेतृत्वलाई सात बुँदे सुझाव दिएका छन् ।
 
उनले केन्द्रीय संसदमा एमालेको एकल वहुमत नहुने निश्चित जस्तै भैसकेको स्थितिमा एमाले नेताले प्रचण्डलाई आशंकित वनाउने कुनै पनि नगर्न आग्रह गरेका छन् ।
उनले केपी ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष वनाउने निर्णय तथा सरकारको खाका र पार्टी एकिकरणको कार्यतालिका एकै पटक सर्वसम्मत निर्णय गरिनु पर्ने उल्लेख गरे ।
 
संसदमा एमालेको ७० र माओवादीको ३० प्रतिशत विजयी भएपनि सरकारमा माओवादीलाइ वढि दिएर भएपनि वाम एकता सफल वनाउनु पर्ने उनको भनाइ छ ।
 
उनले दुबै पार्टी भित्रका अरू वरिष्ठ नेताहरू र कार्यकर्ताहरूको उचित व्यवस्थापन ओली र प्रचण्डले गर्नु पर्ने फेसबुकमा लेखेका छन् ।
राज्य संयन्त्रहरू सबैमा अधुरो जनपक्षीय क्रान्ति पूरा गरिनु पर्ने, भ्रष्टाचार अन्त्य को शुरूवात ठुला नेताहरू वाटै गरिनु पर्ने, सरकारका सबै निकायहरूले सय दिन भित्र जनपक्षीय आर्थिक क्रान्ति सुशासन रोजगारी न्यायपुर्ण विकासको खाका सार्वजनिक गर्नु पर्ने उल्लेख गरेका छन् । युद्धकालमा प्रचण्ड निकट रहेका नेता श्रेष्ठ शान्ति प्रक्रियाको सुरुवातपछि एमाले प्रवेश गरेका थिए ।
 
घरमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेका श्रेष्ठलाई एमालले समान्य प्रशासन मन्त्री समेत बनाउको थियो । मन्त्री हुँदा नै बहुविवाह गरेपछि श्रेष्ठलाई एमालले कारवाही गरेको थियो । हाल नेता श्रेष्ठ एमालेका क्रियाशिल छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको