Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय जीवन बीमाको नाफामा १४५% को वृद्धि, बीमाशुल्क आर्जन ९ अर्ब माथि

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, ११ : २९ मा प्रकाशित

राष्ट्रिय जीवन बीमाको नाफामा १४५% को वृद्धि, बीमाशुल्क आर्जन ९ अर्ब माथि

राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत  वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमाएको छ ।

खुद नाफा

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १५ करोड ३६ लाख रुपियाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४५.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा ६ करोड २६ लाख रुपियाँ कमाएको थियो । 

कुल बीमाशुल्क

कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेर ९ अर्ब ४ करोड ८ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा यो ८ अर्ब ४९ करोड मात्रै थियो । 

कुल दाबी भुक्तानी

कम्पनीको  कुल दाबी भुक्तानी पनि २२.४८ प्रतिशतले वृद्धि भएर ५ अर्ब २५ करोड ९० लाख रुपियाँ पुगेको छ ।

जीवन बीमा कोष

कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेको छ । अघिल्लो आवमा ४६ अर्ब १३ करोड ७५ लाख रुपियाँ रहेको बीमा कोष १६.७२ प्रतिशतले बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपियाँ पुगेको छ । 

चुक्ता पुँजी/जगेडा कोष

चुक्ता पुँजी १८ करोड १० लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषको आकार ३१.७० प्रतिशतले बढेर ६३ करोड ८४ लाख रुपियाँ पुगेको छ भने लगानी ९.६५ प्रतिशतले बढेर ४४ अर्ब ९६ करोड ३२ लाख रुपियाँ पुगेको छ । 

प्रतिसेयर आम्दानी

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७८.६१ रुपियाँले बढेर ११३.२० रुपियाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको