Like us!
Follow us!
Connect us!
Watch us!

आम्दानी घटेपछि सोनापुर मिनरल्सको खुद नाफा ऋणात्मक

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, १२ : १९ मा प्रकाशित

आम्दानी घटेपछि सोनापुर मिनरल्सको खुद नाफा ऋणात्मक

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

खुद नाफा

अघिल्लो आर्थिक वर्ष २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ। आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको हो । 

सञ्चालन आम्दानी

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो।

कुल नाफा

कम्पनीको कुल नाफा ७८.९७ प्रतिशत घटेर ८ करोड ७९ लाखमा सीमित भएको छ भने अन्य आम्दानी ९९.१२ प्रतिशतले घटेर ६ करोडमा कायम भएको छ ।

सञ्चालन मुनाफा

 कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

प्रतिसेयर आम्दानी

कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको छ

प्रतिसेयर नेटवर्थ

 कम्पनीको  प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा रहेको छ।

चुक्ता पूँजी/जगेडा कोष

चुक्ता पूँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २९ करोड २१ लाख रुपैयाँ रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको