लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितीका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा साउन ३१ गते कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा सम्पन्न भएको हो ।
सभामा कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सर्वजनिक निष्काशन गर्ने प्रस्ताव पारिस गरिएको छ । सर्वसाधारणका लागि छुट्टाइएको ३० प्रतिशत (२२ करोड ५० लाख) रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता अईपीओ सेयर जारी गर्न प्रस्ताव पारित भएको हो ।
त्यस्तै, सभाले नेपाल बीमा प्राधीकरणबाट लघु जीवन बीमा कम्पनीहरुका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गरी उपयोग गरिने निर्णय पारित गरेको छ । सभाबाट आईपीओ निष्काशन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्यितारी प्रदान गर्ने निर्णय भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस