सिद्धार्थ क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट इन्भेष्टमेन्ट ग्रोथ स्किम- ३ का इकाईधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।
भदौ २ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि स्किमले इकाईधनीलाई कर सहित ७ प्रतिशत प्रतिफल घोषणा गरेको हो ।
उक्त बैठकले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत उक्त कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम- ३ को आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण कार्यसमेत सम्पन्न भएको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस