Like us!
Follow us!
Connect us!
Watch us!

लोपेज र एफ्लेकको डिभोर्स हुदै

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, ०८ : ५८ मा प्रकाशित

लोपेज र एफ्लेकको डिभोर्स हुदै

हलिवुड अभिनेत्री जेनिफर लोपेज र पति बेन एफ्लेक आधिकारिक रूपमा अलग हुने भएका छन् । लोपेजले लस एन्जलसस्थित अदालतमा डिभोर्सका लागि निवेदन दिएको मिडिया रिपोर्टमा बताइएको छ ।

लोपेजले मङ्गलबार लस एन्जलसमा आफ्नो दुई वर्षको वैवाहिक सम्बन्ध विच्छेदको लागि निवेदन दिएको सिएनएनले उल्लेख गरेको छ । २०२२ मा विवाह गरेका लोपेज र बेन पछिल्लो समय अलग अलग बस्ने गरेको बताइएको थियो । 

यस अघि उनीहरु २००१ देखि २००४ को जनवरीसम्म रिलेसंसिपमा थिए र विवाहको मिति समेत घोषणा भएपछि विवाह स्थगित गरेका थिए । तर त्यसको २० बर्षपछि दुवै फेरी एक साथ आएर २०२१ देखि रिलेसनसिपमा रहेका थिए ।

अहिले दुवैबीचको डिभोर्सको खबरपछि लोपेजले आफ्नो समर टुर रद्ध गरेकी छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको