राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य नहुने स्पष्ट गरेका छन् ।
विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्वन्धी ऐन २०५९ लाई संशोधन विधयेकमा प्रस्ताव गरिएको पाँच बर्षको हदम्याद आफुहरुलाई मान्य नहुने बताएका हुन् ।
लामिछानेले अहिले देशका युवाहरुले आफुलाई लगातार फोन गरेर यस विषयमा दबाब समेत दिएकोप्रति खुशी समेत व्यक्त गर्दै आफ्नो पार्टीलाई भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षको हदम्याद मान्य नहुने बताएका हुन् ।
यो विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशभासन समितिमा छलफलको क्रममा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस