Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्युब आयलको खुद नाफा ७१९.४८% ले बढ्यो,ईपीएस कति पुग्यो ?

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, १५ : २८ मा प्रकाशित

नेपाल ल्युब आयलको खुद नाफा ७१९.४८% ले बढ्यो,ईपीएस कति पुग्यो ?

नेपाल ल्युब आयल लिमिटेडले गत आर्थीक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ७१९.४८ प्रतिशतले बढेको छ ।

खुद नाफा

कम्पनीले गत आवको अन्त्यसम्म ४ करोड ४४ लाख ८८ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीको नाफा ५४ लाख २८ हजार रुपैयाँमा सीमित थियो ।  

खुद आम्दानी

कम्पनीले बिक्रीबाट ३५ करोड ३८ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४६.७३ प्रतिशतले बढी हो ।

सञ्चालन आम्दानी/सञ्चालन मुनाफा

कम्पनीको अन्य सञ्चालन आम्दानी ७० लाख ९७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।    

रिटेन्ड अर्निङ

गत आवको चौथो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ बढेर २४ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।  

प्रतिसेयर आम्दानी

कम्पनीको प्रतिसेयर आम्दानी ७३.२७ रुपैयाँ पुगेको छ ।  

प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर नेटवर्थ ६५७.४० रुपैयाँ रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको