Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् बक्यौताबारे निर्णय गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, १२ : ५६ मा प्रकाशित

विद्युत् बक्यौताबारे निर्णय गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । सिंहदरवारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल गर्ने कार्यसूची छ । 

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलसम्बन्धी कागजपत्र बुझाएको १८औं दिनमा आज बैठक बस्ने लागेको हो । बैठकमा विद्युत् बक्यौताबारे छलफल हुनेछ । 

यसअघि समितिले नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरू र उद्योगीहरुसँग समेत छलफल गरेको थियो ।

गत साउन १८ गते सार्वजनिक लेखा समितिले विद्युत प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरुमा आपूर्ति गरेको बिजुलीको टिओडी मिटरको डाटा माग गरेको थियो ।

विद्युत प्राधिकरणबाट प्राप्त टिओडी मिटरको डाटाको अध्धयनका आधारमा निष्कर्षमा पुग्न लागिएको समिति सचिवालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको