इङल्याण्डका पुर्व प्रशिक्षक स्भेन गोरान इरिक्सनको ७६ बर्षको उमेरमा निधन भएको छ ।
परिवारले जारी गरेको एक विज्ञप्तिमा इरिक्सनको निधन भएको जानकारी दिइएको हो । गत जनवरीमा इरिक्सनलाई क्यान्सर भएको खुलासा भएको थियो ।
इरिक्सनले सन् २००१ देखि २००६ सम्म इङल्याण्डको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए । आफ्नो पाँच बर्षे कार्यकालमा उनले २००६ को फिफा विश्वकपमा इङल्याण्डको प्रशिक्षक थिए । विश्वकप पछि उनले इङल्याण्डको प्रशिक्षक छोडेर म्यानचेस्टर सिटीको प्रशिक्षक बनेका थिए ।
उनी आफ्नो क्यारियरको पछिल्लो पटक २०१८ देखि २०१९ सम्म फिलिपिन्सको प्रशिक्षक बनेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस