Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितका लागि बोलायो कुमारी क्यापिटलले बोलायो साधारण सभा

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, १६ : २० मा प्रकाशित

लाभांश पारितका लागि बोलायो कुमारी क्यापिटलले बोलायो साधारण सभा

कुमारी क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले असोज ३ गते सभा बोलाएको हो । सभा काठमाडौं टंगालस्थित कुमारी बैंकको कार्यालयमा साँझ ५ बजेबाट बस्ने छ ।

सभाले प्रस्तावित चुक्तापूँजीको १५ प्रतिशत लाभांश नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरिनेछ ।

सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा स्वतन्त्र सञ्चालकको नियुक्ती लगायत विषयमा छलफल हुने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको