नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से ५६.१६ अङ्कले घटेर २६९३.४० विन्दुमा पुगेको छ ।
आइतबार ३३७ कम्पनिको कूल २ करोड ६० लाख ८४ हजार ८८ कित्ता सेयर १ लाख २९ हजार ७९३ पटक कारोबार हुदा १० अर्ब ४४ करोड ४ लाख ९९ हजार ११२ मा खरिद बिक्री भएका छन् ।
त्यस्तै, आज सुपर माइ हाइड्रोको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज गुडविल फाइनान्सको सबै भन्दाबढी ५२ करोड ३१ लाख १० हजार ४९२ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज सानिमा लार्ज क्याप फण्डको सबैभन्दा बढी ८ लाख ४ हजार ८०९ कित्ता सेयर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस