Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ निस्काशनकाे तयारीमा रहेको हिमपर्वत हाइड्रोपावरले डाक्यो साधारणसभा

अर्थ संसार

सोमबार, १७ भदौ २०८१, ०७ : ५२ मा प्रकाशित

आइपिओ निस्काशनकाे तयारीमा रहेको हिमपर्वत हाइड्रोपावरले डाक्यो साधारणसभा

हिम पर्वत हाइड्रोपावरले भदौ २३ गते साधारणसभा बोलाएको छ। 

त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रारको कार्यालयमा बिहान ११ बजे बोलाइएको साधारणसभाको एजेण्डामा आइपीओ निष्काशन तथा विक्री गर्ने पनि रहेको छ।

कम्पनीले आइपिओ निस्कासनका लागि यसअघि नै सिबिआईएल क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। हिमपर्वतले १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयतथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी ४२ लाख कित्ता साधारण शेयर निष्काशनको तयारी गरेको छ।  

सञ्चालक समितिको आव ०८० ८१ का लागि वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, छलफल गरी पारित गर्ने तथा लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणलाई पनि साधारणसभाकाे एजेण्डामा राखिएको छ। त्यस्तै, सञ्चालक नियुक्तिलाई पनि साधारणसभाले अनुमोदन गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको