Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १० : २५ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

नेपाल इन्स्योरेन्सले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ  । 

इन्स्योरेन्सले कम्पनीको संस्थापक समूहको ६६ हजार ५६६ कित्ता सेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा राखेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ भने कम्तिमा १ हजार कित्ता सेयरको लागि आवेदन सकिनेछ ।

इन्स्योरेन्सको उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनी वा जोकोही योग्य व्यक्ति तथा कम्पनीले आवेदन दिन पाउनेछन् । इन्स्योरेन्सको संस्थापक सेयरमा आज भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

बोलपत्र आवेदन फाराम इन्स्योरेन्सको बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटमा पेश गर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको