बुद्धमूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको लकइन अवधि असोज २१ गते सकिने भएको छ।
कम्पनीका संस्थापकतर्फको २८ लाख, स्थानीय बासिन्दातर्फको ४ लाख र कर्मचारीतर्फको १६ हजार कित्ता गरी ३२ लाख १६ हजार कित्ता सेयरको तीन वर्षको लकइन सकिन लागेको हो। लकइन सकिएसँगै ३२ लाख १६ हजार कित्ता सेयर कारोबारमा आउने छ।
कम्पनीले ०७८ असोजमा आइपिओ जारी गरेको थियो। सर्वसाधारणमा सेयर बाँडफाँड गरिएको मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको सेयर लकइनमा राख्नुपर्ने प्रावधान छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस