एनआइसी एशिया क्यापिटलका चारवटा म्युचुअल फन्डको बुक क्लोजको मिति तय भएको छ।
लाभांशका वितरण प्रयोजनार्थ एनआइसी एशिया सेलेक्ट ३०, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एशिया ग्रोथ फन्ड र एनआइसी एशिया ब्यालेन्स्ड फन्डको बुक क्लोजको मिति भदौ २८ गते तय भएको हो।
भदौ २७ गतेसम्म नेप्सेमा कारोबार भएर कायम इकाईधनीले फन्डको लाभांश पाउनेछन् ।
एनआइसी एशिया सेलेक्ट ३० ले १४, फ्लेक्सी क्याप फन्डले १०.५०, ग्रोथ फन्डले ९.५० र ब्यालेन्स्ड फन्ड ९.२५ प्रतिशत (कर सहित) नगद लाभांश प्रदान गर्ने निर्णय गरिसकेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस