Like us!
Follow us!
Connect us!
Watch us!

शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेकाे ङादी ग्रुपले बोलायो साधारणसभा

अर्थ संसार

विहीबार, २० भदौ २०८१, ०९ : ३० मा प्रकाशित

शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेकाे ङादी ग्रुपले बोलायो साधारणसभा

शतप्रतिशत हकप्रद सेयर निस्कासनको तयारीमा रहेको ङादी ग्रुप पावर लिमिटेडले ११औं वार्षिक साधारणसभा बोलाएको छ। 

सञ्चालक समितिको बैठकले  असोप्रज १३ गते काठमाडैंको धुम्बाराही चोकस्थित लर्ड पार्टी भेन्यूमा विहान ९ बजेसभा डाकेको हो ।

ङादीले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ। असार १७ गते बसेको संचालक समितिको बैठकले यो प्रस्ताव गरेको हो। अब साधारणसभाबाट पारित गरी नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्नेछ।

यसबाहेक संस्थागत सुशासन प्रतिवेदन, सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरणका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र गत आवमा सञ्चालक समितिबाट भएको निर्णय अनुमोदन गर्ने एजेण्डा आगामी साधारणसभामा समावेश छन्।

सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको