भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको भदौ २२ गते (शनिबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशतले हुन आउने २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँबराबर बोनस सेयर र करसहित १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश तथा बोनस सेयर कम्पनीको वार्षिक साधारणसभा तथा विद्युत् नियमन आयोगले पारित गरेपछि सेयरधनीले वितरण गरिनेछ ।
साथै कम्पनीले २४ औं वार्षिक साधारण सभा आगामी असोज १६ गते बोलाएको छ । सभा काठमाडौं बानेश्वरको अर्पण ब्याङकेव्टमाबिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।
कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि असोज २ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । असोज १ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस