टाईम फर्मास्युटिकल्सले आगामी असोज १२ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको हो ।
सभा बिहान १० बजे सोल्टी वेस्टेन्ड रिसोर्ट पटिहानी, चितवनमा सुरु हुने कम्पनीले जनाएको छ ।
सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै आर्थिक वर्ष २०८० ८१ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदन,वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु पारित गर्ने छ ।
सभाले आर्थिक वर्ष २०८१र८२ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण तथा सञ्चालक समिति पुनर्गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, सभाले आइपीओ निष्काशनका लागि धितोत्रप बिक्री प्रबन्धक चयन तथा कम्नपीको प्रबन्धपत्र र नियमावली तथा प्राथामिक सेयर निष्काशनमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस