टाईम फर्मास्युटिकल्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम विभिन्न नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणहरुमा बुक बिल्डिङ विधि मार्फत प्राथमिक सेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।
यस कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
यस कम्पनी विगत ३० बर्ष देखि गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैंडाकोट न.पा वडा नं ०४ मा केन्द्रिय कार्यलय तथा गैंडाकोट न.पा वडा नं १० मा कारखाना र ललितपुर सातदोवाटोमा मार्केटिङ्ग कार्यलय स्थापना गरी ३०० जना भन्दा बढी कर्मचारीहरु लाई प्रत्यक्ष रोजगारी दिईरहेको छ । यो WHO-GMP Certified औषधि उत्पादक कम्पनी हो ।
कम्पनीबाट Sinex, Paraflam, Salif, Pulmarin, AZT, SITA-M, Clarith, Folvin, T-Zoline, Himox जस्ता ब्रान्डहरुमा विभिन्न Therapeutic Segment हरुमा करिब २०० भन्दा बढि औंषधिहरु उत्पादन भईरहेको छ ।
यस कम्पनीले व्यापारीक सञ्जाल विस्तार तथा प्रबिधि भित्राउन मित्रराष्ट्र बङ्लादेश स्थित SQUARE Pharmaceuticals Plc. र हङकङ्ग स्थित HK-VJM Limited संग व्यापारीक सहकार्य गरी औषधिहरु निर्यात गरिरहेको र आगामी दिनहरुमा अन्य राष्ट्रहरुमा पनि निकासी गर्ने योजना रहेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस