Like us!
Follow us!
Connect us!
Watch us!

बालेनलाई सांसद पन्तको आग्रह – जनताको हितमा कदम चाल्नुस्,

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १५ : ०३ मा प्रकाशित

बालेनलाई सांसद पन्तको आग्रह – जनताको हितमा कदम चाल्नुस्,

नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जनताको हितमा काम गर्न आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मेयर बालेन शाहलाई यस्तो आग्रह गरेका हुन् । 

उनले भनेका छन्, ‘काठमाडौंका मेयरसावलाई मेरो आग्रह छ, जनताको हितमा कदम चाल्नुस्, मेयरले राम्रो काम गर्दा राम्रै भनिन्छ।’

सांसद पन्तले उपत्यकाका नदी किनारमा संरचना निर्माण गर्दा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको आदेशप्रति टिप्पणी गर्दै मेयर शाहको सूचनाका कारण पनि अन्योल बढेको बताए। यस्तै,अंग्रेजी नाम राखेका केही विद्यालयहरूको नाम नेपालीमा राख्नका लागि मेयर शाहले गरेको प्रयास राम्रो भएको टिप्पणी गर्दै पन्तले त्यसलाई निर्णयमा पुर्‍याउन आग्रह गरे। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको