Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रा कायमै , कारोबार रकम ७ अर्बमा सिमित

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, १५ : १० मा प्रकाशित

सेयर बजारको ओरालो यात्रा कायमै , कारोबार रकम ७ अर्बमा सिमित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अंकको गिरावट आएको छ । 

आज नेप्से १३.०९ अकंले घटेर २६३२.९४ बिन्दुमा बन्द भएको छ । आज ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार भएको हो । 

परिसूचक १३.९ अंकले घटेको दिन आज ६७ वटा कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै १७० वटा कम्पनीको सेयरमूल्य भने घटेको छ । यसबाहेक ८ वटा कम्पनीको सेयरमूल्य स्थिर कायम भएको छ । यसक्रममा आज ७ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावरको सेयरमूल्य ९.९० प्रतिशतले बढेको छ ।

१३ अंकभन्दा बढीले परिसूचक घटेपनि व्यापार समूहमा भने उछाल आएको छ । यो समूह २९ अंकले बढेको हो । यसबाहेक होटल तथा टुरिजम समूहमा कुनैपनि घटबढ भएको छैन । यता जीवन बीमा समूहमा १०० अंकको गिरावट आएको छ । यस्तै निर्जीवन बीमा कम्पनी समूहमा समेत ५३ अंकको गिरावट आएको छ । यीबाहेक अरु समूहमा समेत गिरावट आएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको