Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय ऊर्जाको हकप्रद सेयर बाँडफाँट, हकप्रद नपर्नेको रकम शुक्रबारदेखि फिर्ता गरिने

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, ०७ : ३५ मा प्रकाशित

हिमालय ऊर्जाको हकप्रद सेयर बाँडफाँट, हकप्रद नपर्नेको रकम शुक्रबारदेखि फिर्ता गरिने

हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर बाँफाँट गरिएको छ। कम्पनीले शतप्रतिशत अर्थात् ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकामा  ३१ हजार ५८३ जनाले ८४ लाख ५३ हजार ६४१ कित्ता पाएका छन्।

कम्पनीले साउन २४ गतेदेखि प्रतिसेयर १०० रुपैयाँका दरले हकप्रद बिक्री खुला गरेको थियो। हकप्रद नपरेका वा कायम हकभन्दा बढी सेयर माग गरी दरखास्त दिएका सेयरधनीको रकम फिर्ता हुने भएको छ।

भदौ २८ गते शुक्रबारदेखि आइपिएस प्रणालीमार्फत सम्बन्धित आवेदकको बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको