Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय ऊर्जाको हकप्रद सेयर आजदेखि सर्वसाधारणले किन्न पाउने

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, ०८ : ३० मा प्रकाशित

हिमालय ऊर्जाको हकप्रद सेयर आजदेखि सर्वसाधारणले किन्न पाउने

हिमालय ऊर्जा विकास कम्पनीको अवितरित हकप्रद सेयरको आज सोमबारदेखि लिलाम (अक्सन) खुलेको छ।

१४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर आजदेखि असोज १४ गतेसम्म बिक्री खुला गरिएको हो।

कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकामा ३१ हजार ५८३ जनाले ८४ लाख ५३ हजार ६४१ कित्ता विक्री भएको थियो।

बिक्री हुन नसकेको सेयर अक्सनमा खुलेको हो। यो सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा बिक्री खुलेको हो।  सेयर खरिदका लागि बोलकबोल पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्छ भने अधिकतममा सबै कित्ता खरिद गर्न सकिनेछ।

इच्छुकले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड वा नबिल बैंकका रङ्गेलीरोड, भानुचोक, सूर्यविनायक, सभागृहचोक, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

कम्पनीले साउन २४ गतेदेखि प्रतिसेयर १०० रुपैयाँका दरले हकप्रद बिक्री खुला गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको