Like us!
Follow us!
Connect us!
Watch us!

दलित समुदायको रोजगारी सृजना गर्न कार्यविधि तयार हुने क्रममा रहेको छःअर्थमन्त्री

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, १७ : ०८ मा प्रकाशित

दलित समुदायको रोजगारी सृजना गर्न कार्यविधि तयार हुने क्रममा रहेको छःअर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमार्फत दलित समुदायका लागि रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन भएको जनाउँदै त्यसको कार्यान्वयन गर्न कार्यविधि तथा निर्देशिका तयार हुने क्रममा रहेको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद भुबनबहादुर सुनारले गरेको प्रश्नको जवाफ दिदै अर्थमन्त्री पौडेलले  दलितको हकका सम्बन्धमा संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सोको कार्यान्वयन गर्न सरकारले वार्षिक बजेटमार्फत रकम विनियोजन गर्नुका साथै कार्यविधि बनाएर कार्यान्वयनको चरणमा गइसकेको जानकारी दिएका हुन्  ।

बैठकमा सांसद सुनारले  चालु आव २०८१/८२ को बजेट वक्तव्यमा दलित समुदायको रैथाने सीप, ज्ञान, पेसाको आधुनिकीकरण गर्न, रोजगारी सृजना गरी जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्नका लागि २० करोड विनियोजन भएकामा सोको कार्यान्वयन कुन निकायबाट कसरी भइरहेको छ भनेर प्रश्न गरेका थिए  ।

अर्थमन्त्री पौडेलले भने,‘संविधान प्रदत्त अधिकारको प्रत्याभूति गर्न दलित समुदायको सशक्तिकरण कार्य गर्ने संरचनालाई एकीकृत गरी दलित, उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने सरकारको योजना छ’,‘दलित समुदायको रैथाने सीप, ज्ञान, पेसाको आधुनिकीकरण गरी रोजगारी सृजना गरी जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न चालु आवमा २० करोड बजेट विनियोजन भएको छ । सोको कार्यान्वयन गर्न गृह मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट कार्यविधि तथा मापदण्ड बनाउने सम्बन्धमा समन्वयात्मक कार्य भइरहेको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको